अमरभूमि amarbhumi
अमरभूमि amarbhumi
यहाँ पुस्तक अमरभूमि र हिमालय क्षेत्रको समृद्ध इतिहास, जीवनयापन, प्राकृतिक सौन्दर्य र विकासको बारेमा जानकारी, लेखहरु पाउन सक्नुहुनेछ । हामीसँग सामेल हुनुहोस् र हिमालय र यहांको कला, संस्कृति, चिन्तन परम्परालाइ वुझ्ने र संरक्षण , सम्वर्धन गर्ने यात्रामा सहभागी वन्नुहोस ।

...यस पृथ्वीकै हिमाली क्षेत्रमा सांसारिक दुःख भन्दा परको त्यस्तो गोप्य सुखमयी क्षेत्र विद्यमान रहेको विगतमा वाणी भएको रहेछ । तर सीमित व्यक्ति र समुहमा बाहेक आम समाज तथा सर्वसाधारणबाट ती क्षेत्रहरू लुप्त र गुमनाम नै हुँदै आएको देखिन्छ । तिनै हिमाली पर्वत कन्दराहरूका पुराना मोक्ष कथा (नाम्थार), तथा उपदेशहरूमा तीव्र इच्छा राख्ने एक स्थानीय युवा १२ वर्ष अगाडि मेरो सम्पर्कमा आउनु भएको थियो । उहाँ यही पुस्तकको लेखक हुनुहुन्छ । उहाँ कहिले एक जिज्ञासु, कहिले पर्यटक पथप्रदर्शक, कहिले विकासे कार्यकर्ता त कहिले एक यायावर भएर हिँड्दै रहनु भएको थियो । त्यस्तै कुनै समय बौद्ध ध्यान परम्पराको अध्ययन का साथै कुनै समय भविष्यवाणी गरिएको त्यस्तो गोप्य शुद्ध भूमिको खोजीमा पनि निक्लनु भएको रहेछ । तिनै अनुभूति तथा यात्रा वृतान्तलाई सङ्गालेर उहाँले यस अमरभूमि नामक पुस्तक लेख्नु भएको छ । .......यस पुस्तकले दिन खोजेको सन्देश आधुनिक जीवन र समाजलाई निकै उपयोगी हुने म देख्छु ।
लेखकलाई मेरो बधाई अनि शुभकामना ।
भवन्तु सर्वमङ्गलम् ।
मिलन शाक्य
निर्देशक, नागार्जुन बौद्ध अध्ययन संस्था, ललितपुर
अध्यापक, सुगत बौद्ध महाविद्यालय, ललितपुर
मितिः मंसीर, २०८०

“ यदि यस समयमा सांग्रिलाको कुनै अवशेष छ भने यो यही हो ... जिग्मे... नेपालमा तपाईहरुसँग बिताएका ती दिनहरूलाई हामी जीवनको उत्कृष्ट अनुभवका रूपमा हेर्छौं । ”
–माइकल डेभिड वुड (इतिहासकार, लेखक, प्रसारक, बी. बी. सी.)
“ एक सुन्दर अनि प्रभावशाली किताव ...”
– केट सिहान रोच, संस्थापक सम्पादक, कन्टेम्प्लेटीव जर्नल, अमेरिका
“ हिमाली क्षेत्रको साहित्यमा एक कोशे ढुंगा सावित हुने देख्छु ... ”
– रिन्जिन फुन्जोक लामा, नेपालको पहिलो रोलेक्स पुरस्कार विजेता, अनि टाइम्स उदीयमान युवा
“ रमाइलो, अद्वितीय शब्द लयमा कैद सुन्दर कथा ... ”
– मेरीरोज फेनलि, फिल्म निर्माता र लेखक, टकिङ स्टोरी, नर्थ एट्लान्टिक बुक्स, अमेरिका

हुम्ला जिल्लामा जन्मिएका जिग्मे लामा (नर बहादुर) नेपालका विभिन्न क्षेत्रमा पच्चीस वर्षभन्दा बढी समय सामाजिक विकास कार्यहरुमा संलग्न रहँदै आउनु भएका एक ग्रामीण विकासविद् हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बौद्ध अध्ययनमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

कर्णाली र कैलाश क्षेत्र हुँदै देश, विदेशको बाहिरी भूगोल, भित्र समाज, विगतका वृतान्त, अझ भित्र अन्तरमनका सुख, समृद्धिको खोजीमा एक गुमनाम घुमन्तेको यात्रा वृतान्त ।

($13.00 shipping)

यस पुस्तकको बिक्रीबाट प्राप्त रकमको ५०% हुम्लामा सामुदायिक स्वास्थ्य सेवामा खर्च गरिनेछ ।
यो दर अमेरिकावाट अर्डरको लागि हो । नेपालमा पुस्तक पसलहरुमा उपलब्ध छ वा इमेल गर्न अनुरोध ।

काठमाडौं। हिमाली अन्वेषक, समाजसेवी, र सहित्यकार नर ब. लामा (जिग्मे) द्वारा लिखित अमरभूमि पुस्तक काठमाडौंमा लोकापर्ण गरिएको छ। ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका ग्रामीण विकास अभियन्ता लामाको यात्रानुभूति सँगालिएको पुस्तक ‘अमरभूमि’मा आन्तरिक र बाह्य दुवै खाले सुखको चर्चा गरिएको छ। ...
सिमकोट– हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा नरबहादुर लामाको ( जिग्मे ) पहिलो कृति “अमरभूमि” बजारमा आएको छ। दिगो सुख र अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृतान्तका रुपमा लामाको कृति बजारमा आएको हो। ...
काठमाडौं एयरपोर्ट, सन् २००६ को एक दिन। सयौं आकांक्षीहरू एकातिर झोला, अर्कोतिर परिवारजन सम्हाल्दै थिए।
'यहाँ नाम मिल्या छैन, भित्र सोध्नुपर्छ एकपल्ट,' अध्यागमन कर्मचारीहरूले केही सिधा र केही टेबल मुनिको मोलतोल गरे।
हिमाली अन्वेषक एवम् ग्रामीण विकास अभियन्ता जिग्मे लामा (नरबहादुर) काे अमरभूमि लोकार्पण भएको छ। ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका लामाको पुस्तक ‘अमरभूमि’ले मुक्तिमार्ग देखाएको छ। ...
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नेपालका विभिन्न क्षेत्रमा पच्चीस वर्षभन्दा बढी समय सामाजिक विकास कार्यहरूमा संलग्न रहँदै आएका बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) कृत पुस्तक “अमरभूमि” प्राप्त भएकाे छ । ...
काठमाडौं ।
हिमाली अन्वेषक एवं ग्रामीण विकास अभियन्ता नरबहादुर लामा (जिग्मे) द्वारा लिखित अमरभूमि पुस्तक काठमाडौंमा लोकापर्ण गरिएको छ । ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका लामाको पुस्तक ‘अमरभूमि’ले मुक्तिमार्ग देखाएको छ ।
...
BBC र PBS डकुमेन्ट्री, जहाँ हाम्रो टोलीले सन २००४ -२००५ मा फिल्मांकनको क्रममा सहयोग गरेको थियो ।
You can send me a message or ask me a general question using this form.
I will do my best to get back to you soon!

Get 10% off your first purchase when you sign up for our newsletter!
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.